डडेल्धुरामा बोराभित्र किशोरीको शव भेटियो : बलात्कारपछि हत्या भएको आशंका

डडेल्धुरामा बोराभित्र किशोरीको शव भेटियो : बलात्कारपछि हत्या भएको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ असोज २०८१
  • 4.9K
    Shares

पोखरा,२६ असोज २०८१।

डडेल्धुरामा बोराभित्र एक किशोरीको शब भेटिएको छ। जिल्लाको अमरगढी नगरपालिका-७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव बोराभित्र भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार ,
शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर भागेको सुचना प्रहरीमा आएको थियो। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ।

स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाई छ।

तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने बताइएको छ। डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन।

प्रहरीले आज बिहान शव उठाएर पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार