पाइलट पढ्न दक्षिण अफ्रिका गएका दमौलीका युवाको सवारी दुर्घटनामा मृत्यु

पाइलट पढ्न दक्षिण अफ्रिका गएका दमौलीका युवाको सवारी दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ असोज २०८१
  • 28.1K
    Shares

पोखरा,२६ असोज २०८१।

एक वर्ष अघि पाइलट पढ्न दक्षिन अफ्रिका पुगेका तनहुँका एक युवाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थको दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा परी निधन भएको हो ।

पन्थको गत असोज १७ गते घटनास्थापनका दिन आफैले चलाएको कार दुर्घटनामा परी मृत्यु भएको हो ।

दश महिने कोर्ष पूरा गरेका पन्थले घटनास्थापनका दिन साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी ज्यान गुमाएका छन् । कानूनी प्रक्रिया पूरा गरी पन्थको शव आज राति दमौली ल्याउँदै गरेको पारिवारिक स्रोतले जनाएको छ । शव आएसँगै आजै राति दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार