पोखरा,२३ असोज २०८१।
उदयपुरमा एक युवाले आफ्नै श्रीमतीको टाउको छिनाएर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा ताप्ली– ४ लखनडाँडा घर भएका अन्दाजी ३५ वर्षका जंगे तामाङले आफ्नी २९ वर्षीया श्रीमती प्रमिला तामाङको घाँटी छिनाइ हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
जलजलेस्थित सम्सेर तामाङको घरमा भाडामा बस्दै आएका जंगेले श्रीमतीको टाउको छिनाएर त्यही टाउको हातमा झुन्डाएर हिड्दै गरेको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।
उनले काटेर हातमा लिएको श्रीमतीको टाउको स्थानीय सगरमाथा दिक्तेल सडकखण्डअन्तर्गत उदयसि इङ्लिस बोर्डिङ अगाडी फालेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका छन् । तामाङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।