पोखरा,२२ असोज २०८१।
तनहुँमा आफ्नो श्रीमतीको मृत्यु भयो भनेर बुहारीलाई चापी फालेर भागेका एक व्यक्ति गोरखाबाट पक्राउ परेका छन्।
तनहुँको भानु नगरपालिका–१ बोटेगाउँका ४० वर्षीय पञ्चबहादुर बोटे मंगलबार गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ परेका हुन्। पञ्चबहादुरबिरुद्ध प्रहरीले आफ्नै ३६ वर्षीया श्रीमती पूर्णमाया बोटेको हत्या गरेको आरोप लगाएको छ।
पञ्चबहादुरले श्रीमती पूर्णमायाको सोमबार राती घाँटी डोरीले कसेर हत्या गरेपश्चात छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो ।
मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । सांकेतिक चित्र