पोखरा,२२ असोज २०८१।
पोखरामा चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका एक जना गम्भीर घाइते भएका छन् ।
गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९च२३५० नम्बरको कारले सोमबार दिउँसो करिब १ बजे पोखरा-२७, तालचोकस्थित पृथ्वीराजमार्गमा ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरमा सवार पोखरा २७ तालाचोकका ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएका हुन्।
सडक छेउमा रोकेको उक्त चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट कारले ठक्कर दिँदा घाइते भएका छन्त्यालको हाल फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उक्त दुर्घतानापश्चात कार चालक गोरखा नगरपालिका-११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सांकेतिक चित्र