पोखरा, २ साउन २०८१।
वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी झापाको एक युवतीको त्यहाँ भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।
झापा बिर्तामोड नगरपालिका–९ घर भएकी २६ वर्षीया जलिना तामाङको कुवेतको मंगाफ क्षेत्रमा बिहीबार सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
उनलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ । अल–जाजिरा कम्पनीमा कार्यरत उनी चार महिनाअघि कुवेत गएकी थिइन् । उनको एक छोरी र श्रीमान् रहेको पारिवारिक स्रोतले जनाएको छ ।