वैवाहिक बलात्कार मुद्दामा गायक रबि ओडले पाए सफाइ

वैवाहिक बलात्कार मुद्दामा गायक रबि ओडले पाए सफाइ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ साउन २०८१
  • 4.1K
    Shares

गायक रबि ओड

पोखरा, २ साउन २०८१।

गायक रवि ओडले वैवाहिक जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासलेले गायक ओडलाई पत्नी बलात्कारको अभियोगमा सफाइ दिएको हो।

अदालतका सूचना अधिकारी लक्ष्मणप्रसाद चपाईंका अनुसार, गायक ओडविरुद्ध उनकी पत्नीले जबर्जस्ती करण तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैत ४ गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। जतिबेला ओड कामको सिलसिलामा विदेश थिए।

विदेशबाट फर्किएर उनले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए भने जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार