मनकामना केबुलकार ५० दिनका लागि बन्द

मनकामना केबुलकार ५० दिनका लागि बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ असार २०८१
  • 7.8K
    Shares

मनकामना केबुलकार

पोखरा, ३१ असार २०८१/

गोरखाको मनकामना मन्दिर जाने दर्शनार्थीलाई जोड दिएर संचालित मनकामना केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ। मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

‘नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज (असार ३१ गते) देखि आगामी भदौ २० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने। सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा)समेत फेर्ने तयारी भएको उनले बताए।

मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको थियो। गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ।

केबुलकार बन्द हुँदा दर्शनर्थीलाई परेको असुविधाप्रति क्षमा याचना गर्दै प्रालिले यात्रुलाई छिटो भन्दा छिटो सेवा दिन कोसिस गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार