आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ असार २०८१
  • 5K
    Shares

हावाहुरीसहितको बर्षा

पोखरा, ३१ असार २०८१/

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार