पोखरा, ३१ असार २०८१/
पानीको दहमा डुबेर स्याङ्जामा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको स्थानीय पानीको दहमा डुबेर आइतबार मृत्यु भएको हो। लक्ष्मी कक्षा ९ र बहिनी सुस्मिता कक्षा ५ मा अध्ययनरत रहेका थिए।
घरदेखि केही पर रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका उनीहरुको सोही पानीको दहमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको शबलाई पोस्टमार्टमका लागि अस्पताल पठाईएको प्राप्त समाचारमा उल्लेख छ।