‘तिमीबाहेक अरू कोही थिएन’ भन्ने भिडियो सन्देश छाडेर लमजुङकी अनिताले साइप्रसमा देह त्यागिन्

‘तिमीबाहेक अरू कोही थिएन’ भन्ने भिडियो सन्देश छाडेर लमजुङकी अनिताले साइप्रसमा देह त्यागिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ असार २०८१
  • 195.6K
    Shares

साइप्रसमा देह त्याग गरेकी लमजुङकी अनिता गुरुङ

पोखरा, २९ असार २०८१/

‘तिमीबाहेक अरू कोही थिएन’ भन्ने भिडियो सन्देश छाडेर लमजुङकी एक युवतीले साइप्रसमा देह त्याग गरेकी छिन्।

घरेलु कामदारका रूपमा लमजुङबाट साइप्रस पुगेकी अनिता गुरुङले गएको असार २५ गते बिहान साइप्रसको लिमासोल सहरस्थित आफ्नै डेरा कोठामा देह त्याग गरेकी हुन्।

उनले बिष खाएको आशंका गरिएको छ। तर पोस्टमार्टम रिपोर्ट आएपछि मात्र उनको मृत्युको कारण खुल्ने नेपाली अवैतनिक वाणिज्य दूतावास निकोसिया कार्यलयले जानकारी दिएको छ।

उनले आफ्नो देह त्याग गर्नु अघि टिकटकमा भावुक कुरा लेखेर दुइटा भिडिओ पोस्ट गरेकी प्राप्त समाचारमा जनाइएको छ।

उनले भिडिओमा भनेकी छन्, ‘तिमीबाहेक अरू कोही थिएन मेरो, सायद तिमीले यही कुराको फाइदा उठायौ,’ ‘यो जुनीमा त यस्तै भयो हाम्रो माया अर्को जुनीमा हजुरकी भएर जन्म लिन आउने छु मेरो ठागु, धेरै माया धेरै सम्झना!’

उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन। तर उनले टिकटकमा पोस्ट गरेको भिडियोमा उल्लेख गरिएका ठागु भन्ने व्यक्ति को हुन भन्ने बारेमा खुलाइएको छैन। तर उनी ठागु भन्ने ती व्यक्तिसंग प्रेममा रहेको अनुमान गरिएको छ। तिनै ठागु भन्ने व्यक्तिले नै अनितालाई काममा लगाइदिएको बताइएको छ।

अनिताले आफ्नो टिकटकमा ठागु भनेको ठानिएका युवाले आफ्नो फेसबुकमार्फत विष पिउनु एक घण्टाअघि अनिताले फोनमार्फत आफुसंग मर्ने कुरा गरेको र आफूले सम्झाई-बुझाइ गरेको स्पस्टीकरण दिएका छन्। उनले रोजगारदाताले फोन गरेपछि हेर्न जाँदा अनिता बेहोस भएर भुइँमा लडेको अवस्थामा भेटेको र अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको जानकारी पनि दिएका छन्। अन्तिम फोन आफूलाई गरेको हुँदा सोधपुछका लागि प्रहरीले २४ घण्टा हिरासतमा राखेर छोडिदिएको ठागुको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार