पोखरा, २८ असार २०८१/
हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
Tata
Futuressoft
Folliderm
आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हेर्नुस गण्डकी प्रदेश भित्रका राजमार्गको अवस्था
गण्डकी प्रदेश अन्तर्गत बाटो अबरोध सम्बन्धमा:- मिति २०८१।०३।२८ गते ०६:०० बजे Update.
१. मिति २०८१।०३।१९ गते जि.मनाङ चामे गा.पा.-१ तिबाङ स्थित बेसीशहर चामे मनाङ सडकखण्डमा काठको पुल बगाई बाटो पूर्ण रुपमा अवरोध रहेको । उक्त अवरोध रहेको स्थान देखि ४५ मिनेटको पैदल यात्रा पश्चात पुन:गाडि द्वारा सदरमुकाम सम्म यात्रा गर्न सकिने ।
२. जि.म्याग्दी रघुगंगा गा.पा.-२ बैसोरी स्थित बेनि-जोमसोम सडकखण्डमा पुन: पहिरो आई बाटो अबरोध भएको । खुल्ने समय अनिश्चित रहेको ।
३. जि.गोरखा गोनपा.१४ मजुवा अमरसिंह राजपथ आबुखैरनी गोरखा सडकखण्डमा लेदो सहितको पहिरो आई बाटो अवरोध भएको ।
४. जि.म्याग्दी बेनी न.पा.-०४ घुमाउने भिर स्थित बेनि दरबाङ सडकखण्डमा पहिरो आई बाटो अवरोध भएको ।
५. जि.तनहुं ब्यास न.पा.-१२ घासिकुवां स्थित पृथ्बीराजमार्ग पोखरा मुग्लिन सडकखण्डमा पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको,प्रहरी टोली पुगि बाटो खुलाउने प्रयास भई रहेको ।
६. जि.तनहुं भानु न.पा.-०३ कुरकुना स्थित डुम्रे बेशिसहर सडकखण्डमा पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको ।
७. जि.पर्बत कु.न.पा.-०१ शहस्त्रधारा स्थित पोखरा बेनि बाग्लुङ सडकखण्डमा पहिरो आई बाटो अवरोध भएको ।
८. जि.स्याङजा भिरकोट न.पा.-०४ गैराथोक स्थित सिद्धार्थ राजमार्गमा पहिरो आई बाटो अवरोध भएको ।