पहिरोकाकारण मुग्लिङ नारायणगढ सडक तथा तनहुँको घांसीकुवामा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोकाकारण मुग्लिङ नारायणगढ सडक तथा तनहुँको घांसीकुवामा पृथ्वी राजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ असार २०८१
  • 10.1K
    Shares

पोखरा, २८ असार २०८१/

गैरातीदेखी परेको अविरल वर्षापछि आएको पहिरोले पृथ्वी राजमार्गको तनहुँको घाँसीकुवा र पूर्व-पश्चिम राजमार्गको मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ।

तनहुँको व्यास-१२ घाँसिकुवामा सडक माथिबाट ठुलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। सडक सूचारु हुन समय लाग्ने बताइएको छ।

अविरल वर्षापछि आएको पहिरोकाकारण मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिङ नारायणगढ सडकको कालीखोला र सिमल्ताल क्षेत्रमा बिहान करीब चार बजे पहिरो खस्दा सडक अवरुद्ध भएको भरतपुरस्थित सडक बिभाग कार्यालयले जानकारी दिएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास शुरु गरिएको र पहिरो हटाउन करीब चार घण्टा लाग्ने उक्त कार्यालयले जानकारी दिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार