अध्यागमन प्रमुखलाई भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कम्प्युटर अपरेटर विष्ट पक्राउ

अध्यागमन प्रमुखलाई भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कम्प्युटर अपरेटर विष्ट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 4.2K
    Shares

पोखरा, २७ असार २०८१/

गृहमन्त्रालयका कम्प्युटर अपरेटर निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिएको आरोपमा प्रहरीले गृहमन्त्रालयका कम्प्युटर अपरेटर विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका आरोप लगाइएको छ ।

प्राप्त जानकारी अनुसार, प्रमुख अध्यागमन अधिकृत पन्थीले आफूलाई दबाब दिइए पछि अस्वीकार गरेर कम्प्युटर अपरेटर विष्टबिरुद्ध मन्त्रालयमा सोधखोज गरेका थिए। उक्त सोधखोजका क्रममा गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी ओम रानाले विष्टलाई ब्यूरोको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए । जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले बिहीबार मन्त्रालयबाटै पक्रन लगाएका प्राप्त समाचारमा उल्लेख छ । विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।

विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार