पोखरा, २७ असार २०८१/
ट्रयाक्टर चोरी गरेको आरोपमा ताप्लेजुङबाट एक युवा पक्राउ परेका छन्। जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई ट्र्याक्टर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अभियुक्त मगरबिरुद्ध गएको शनिबार मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभान निवासी जयप्रसाद भट्टराईको मे १ त ७१७१ नम्बरको ट्र्याक्टर चोरी गरेको आरोप लगाएको छ। शनिबारदेखि हराएको उक्त ट्रयाक्टर खोजतलास गर्ने क्रममा एक दिनपछि आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
भट्टराईको हराएको ट्र्याक्टर फेला परेपछि ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिन खोज्दा मगर भागेर फरार भएका थिए । प्रहरी टोली उक्त दिन ट्र्याक्टर मात्र नियन्त्रणमा लिन सफल बनेको थियो । त्यस बेला फरार भएका मगरलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए ।