पोखरा, २७ असार २०८१/
बागलुङमा एक व्यक्ति मृत भेटिएका छन्। बागलुङको गलकोट नगरपालिका वडा नम्वर ४ का ४४ वर्षिय परमानन्द सुवेदीको शब गलकोट नगरपालिका वडा नं ११ रिघा फेदीमा क्रसर नजिक दरमखोलामा भेटिएको हो।
सुबेदीको उक्त दरमखोलाले बगाएर मृत्यु भएको हो कि अन्य केही कारण छ भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।