पोखरा, २७ असार २०८१/
म्याग्दीमा एक जनाले आफ्नै दाजुको हत्या गरेका छन्। जिल्लाको धवलागिरी गाउँपालिका-५ मलम्पारका ३९ बर्षिय सोमबहादुर छन्त्यालले ४२ बर्षिय धनबहादुर छन्त्याललाई चिरपट प्रहार गरी हत्या गरेका हुन् ।
घरायसी विवादमा झगडा हुँदा सोमबहादुर छन्त्यालले मंगलबार ४२ बर्षिय आफ्नै दाजु धनबहादुर छन्त्याललाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए।
बताए ।
इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा खटिएको प्राहरी टोलीले
दाजुको हत्यामा संलग्न भएको आरोप लागेका सोमबहादुर छन्त्याललाई पक्राउ गरेको प्रहरी निरिक्षक रायमाझीले बताए। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।