पोखरा, २६ असार २०८१/
पाल्पामा आज ट्रक र स्कुटऱ ठोक्किंदा दाजुकाे मृत्यु भएको छ भने बहिनी गम्भीर घाइते भएकी छिन्।
पाल्पाको तिनाउ–३, दोभानमा ट्रक र स्कुटर ठाेक्किँदा दाजुको मृत्यु भएकाे हो भने बहिनी गम्भीर घाइते भएकी छिन्।
प्रहरीका अनुसार, बुधबार बेलुकी सवा ६ बजेतिर बुटवलबाट पाल्पातिर जाँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटीले सोही दिशातिर गैरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी र उनकै १७ वर्षीया बहिनी रश्मी अधिकारी गम्भीर घाइते थिए। तर दाजु बिबेक अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।