पोखरा, २६ असार २०८१/
रामेछापमा मंगलबार साँझ भएको टाटा सुमो जिप दुर्घटनाग्रस्त हुंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।
रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका –९ पिङ्खुरी जाँदै गरेको प्र ३–०१–०२३ च ३९०९ नम्बरको सुमो मन्थली नगरपालिका –७ भटौलीको कल्लेरीमा मङ्गलवार साँझ दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर मन्थली नगरपालिका –७ भटौली रोकेछापकी मैयाँ विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन्। दुर्घटनाम घाइते हुनेहरुमा खाँडादेवी गाउँपालिका–९ पिङखुरीका ७० बर्षिय नर माया विक सोही ठाउँका ७० बर्षिय हैटे तामाङ २८ बर्षिय रुपक तामाङ गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । बाँकी घाइतेहरु पिङख्ुरीकै मंगले कामी,उशा भण्डारी,डेबिट भन्डारी,दुर्गा बहादुर तामाङ,अन्जना तामाङ,नरेन्द्र तामाङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइेतहरुलाई उद्दार गरेर मन्थलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले ब्रेक फेल भएको कारण उक्त जिप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। चालक खाँडादेवी गाउँपालिका–९ पिङखुरीका बाबुराम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।