हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन गएपछि पूर्वपत्नी मीना ढकाल पक्राउ

हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन गएपछि पूर्वपत्नी मीना ढकाल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ असार २०८१
  • 6.9K
    Shares

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल

पोखरा, २३ असार २०८१/

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। कलाकार गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

समाचार स्रोतहरुका अनुसार, आज बिहान हास्य कलाकार मनोज गजुरेल घरबाट निस्केको थाहा पाएपछि मीना ‘अभियन्ता’ भनिने केही केटाहरू लिएर उनको घरमा पुगेकी थिइन् । उनीहरुले शुरुमा ढोका ठटाएर फुटाउने प्रयास गरेका थिए भने घरभित्र घुसेर मनोजकी ८५ वर्षीया बृद्धा आमालाई मीना स्वयम्ले हातपात र लछारपछार गरेकी थिइन्।

मनोज गजुरेलले मीना ढकालसँग सम्बन्धविच्छेद गरेको सात वर्ष भइसकेको छ । गजुरेलसंग सम्बन्ध-बिच्छेद भएलगत्तैदेखि सामाजिक सञ्जालमार्फत मनोजको चरित्रहत्या गर्दै आएकी छिन भने कहिले युट्यूबरलाई अन्तरवार्ता दिएर त कहिले टिकटकमा गालीगलौज गरेर उनले मनोजलाई मानसिक यातना दिने गरेकी छिन्

निकटस्थ स्रोतका अनुसार पछिल्ला केही दिनदेखि मीनाले छोरालाई पनि लगातार टर्चर दिन थालेकी छन् । उनले धम्कीका म्यासेजहरू पठाउने गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार