पोखरा, २२ असार २०८१/
सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक शनिबार बिहानैदेखि अबरूद्ध बनेकाे छ । सडकमा पहिराे खसेपछि दुबै सडकखण्ड अवरुद्ध बनेकाे प्रहरीले जनाएकाे छ ।
सिद्धार्थ राजमार्गकाे ठाउँ–ठाउँमा पहिरो, खसेकाे छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।
यस्तै तानसेन–तम्घास सडकखण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेकाे र पहिराे हटाउने काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
सडक अबरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएको छ । यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट पाल्पातर्फ आउने सवारीसाधनसमेत रोकिएको छ । सयाै सवारीसाधन बाटाेमै राेकिएका छन् ।
अबरुद्ध सडक खुलाउने प्रयास भएपनि पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।