पोखरा, २२ असार २०८१/
पोखरामा धुक्रबार भएर्को सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। पोखराको हरिचोकबाट जिरो किमीतर्फ आउँदै गरेको बा२१च ५१६२ नम्बरको स्कारपियो र विन्ध्यवासिनीतर्फ जाँदै गरेको ग२च ८२८८ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट नजिकै भएको उक्त दुर्घटनामा पोखरा १ बगरका अंकिललाल श्रेष्ठ र उनकी श्रीमती समृद्धी श्रेष्ठ घाइते भएका प्रहरीले जानकारी दिएको छ। उनीहरुको अवस्था मध्यम रहेको र न्यूरोडस्थित पद्यश्री एलाइन्स अस्पतालमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ ।
दुवै सवारी र स्कारपियोका चालक भक्तपुरका देवनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।