पोखराको लामाचौरबाट हराएका तीन वर्षीय बालक सेती नदी किनारमा मृत भेटिए

पोखराको लामाचौरबाट हराएका तीन वर्षीय बालक सेती नदी किनारमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० असार २०८१
  • 98.8K
    Shares

पोखरा, २० असार २०८१/

पोखरा लामाचौरबाट हराएका तीन वर्षीय बालक सेती नदी किनारमा मृत भेटिएका छन् ।

मंगलबार बेलुकी करिब साढे ८ बजेदेखि हराएका पोखरा १६ लामाचौर निवासी रामचन्द्र सिकेका तीन वर्षीय छोरा अनमोल सिके ६ घण्टा पछि बुधबार सांझा करीब पांच बजे सेती नदीमा मृत भेटिएका हुन्। उक्त शब आफ्नो छोराको भएको भन्दै रामचन्द्र सिकेले सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, बालक अनमोल सिके मंगलबार बेलुकी करिब साढे ८ बजेदेखि हराएका थिए।  तर ती बालकको शब बुधबार साँझ करीब पांच बजेतिर पृथ्वीनारायण क्याम्पस मुनि रहेको सेती दोभानमा भेटिएको प्रहरीले जानकारी दिएको छ।

अविरल वर्षाका कारण सडक जलमग्न हुँदा नालीमा बगेको हुन सक्ने अनुमान गरिएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक बोधराज रेग्मीले बताए ।

बच्चा हराएको खबरपछि परिवार र प्रहरीले साँझसम्मै खोजतलास गरेका थिए । प्रहरी र मिडिया मार्फत् सूचना जारी गरिएको थियो ।

बच्चा नदीको किनारसम्म कसरी पुग्यो ? भन्नेबारे गहिरो अनुसन्धानका लागि परिवारले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार