आफ्नै घरमा काम गर्ने बालिकालाई यौन शोषणको आरोप लागेका प्रहरी निरिक्षक शिवाकोटी जेल चलान

आफ्नै घरमा काम गर्ने बालिकालाई यौन शोषणको आरोप लागेका प्रहरी निरिक्षक शिवाकोटी जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ असार २०८१
  • 6.5K
    Shares

प्रहरी निरीक्षक विदुर शिवाकोटी

पोखरा, १९ असार २०८१/

आफ्नै घरमा काम गर्ने १२ वर्षीया बालिकामाथि यौन शोषणको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटी जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको बुधबारको इजलाशले दिएको आदेश बमोजिमतात्कालिन अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्

ल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले दिएको जानकारी अनुसार, प्रहरी निरिक्षक शिवाकोटीले यौन शोषण गरेको भनिएकी बालिकालाई गत जेठ २४ गते शिवाकोटीको घरबाट काठमाडौं महानगरपालिकाको उद्वार टोलीले उद्वार गरेको थियो ।

आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गत जेठ २३ गते पक्राउ परेका थिए।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीको घरमा घरेलु श्रमिकको रुपमा राखेको खुलेको थियो । त्यहीबेला बालिकाले महानगरका अधिकारीहरुको सम्पर्क नम्बर लिएकी थिइन् ।

बालिकाले सम्पर्क गरेपछि काठमाडौं महानगरपलिकाको टोली, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी वृत्त स्वयम्भु समेतको टोली पुगेर उद्दार गरेको थियो ।

प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनले घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार