पोखरा, १७ असार २०८१/
पूर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको गृह जिल्ला डडेल्धुराका एक निर्माण व्यवसायीको हत्या भएको छ। डडेल्धुराका निर्माण व्यवसायी ४५ वर्षीय डम्बरदेव भट्ट (सन्तोष) को हत्या भएको हो।
प्रहरीका अनुसार, डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भएका निर्माण ब्यबसायी भट्ट घर नजिकैको जंगलमा घाँटी रेटिएर घाइते अवस्थामा भेटिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरेर उपचारार्थ सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो।
निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि आफू आर्थिक समस्यामा परेको उनले आफूनिकट साथीहरूलाई बताउँदै आएका थिए। भट्ट शुक्रवार साँझबाट परिवारका सदस्यसँग सम्पर्कमा थिएनन्। रातिसम्म घर नआएपछि उनका आफन्तले खोजी गरेपनि फेला परेका थिएनन्। उनी सव–ओभरसियर समेत हुन्।