स्याङ्जामा गएराती पहिरोले पुरिएर आफ्नै घरमा सुतिरहेका आमा छोरीले ज्यान गुमाए

स्याङ्जामा गएराती पहिरोले पुरिएर आफ्नै घरमा सुतिरहेका आमा छोरीले ज्यान गुमाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ असार २०८१
  • 37.9K
    Shares

पोखरा, १५ असार २०८१/

स्याङ्जामा पहिरोले एकै परिवारको आमा छोरीको ज्यान गएको छ । शुक्रवार मध्यरातमा गएको पहिरोले फेदी खोला गाउँपालिका वडा नं.-०५ बाँगे स्थित दुर्गा जी.टी. को ढुङ्गा माटो र टिनले छाएको घरमाथि पहिरो खस्दा सुतिरहेको अवस्थामा दुई जनाको ज्यान गएको हो ।

घरमा सुतिरहेको अवस्थामा ३१ वर्षीय दुर्गा जी.टी. र निजकी तीन वर्षीय छोरी निकिसा जी.टी. को घटनास्थलमा नै ज्यान गएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

घरभन्दा २५ मिटर माथि बाट अविरल वर्षाको कारण पहिरो आई घर/गोठ पूर्ण रूपमा पुरिएको छ । साथै घर नजिकै रहेको गोठमा रहेको एक भैँसी समेत मरेको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार