पोखरा, १५ असार २०८१/
शिक्षा क्षेत्रको फलामे गेट मानिदै आएको माध्यमिक शिक्षा परिक्षा (एसईई) अनुत्तीर्ण भएपछि रुपन्देहीको एशियन लाइट बोर्डिङ स्कुुलका दुई छात्राले आत्महत्या गरेका छन्।
रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएका दुइ जना छात्राले राम्रो नतिजा नआएको भन्दै आत्महत्या गरेका हुन्।
बिहिबार सार्वेअजनिक भएको एसईईमा राम्रो नतिजा नआएपछि सोहि विद्यालयबाट परिक्षा दिएका देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।
एसइइको नतिजा सार्वजनिक भए पछि आत्तिएका उनीहरु झुण्डिएको अवस्थामा भेटिएका र तत्काल उद्धार गरी उपचारार्थ देवदहस्थित मेडिकल कलेजमा पुर्याइएकोमा दुवैको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको देवदह प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए। घटनाको विषयमा गप अनुसन्धान भइरहेको नेपालीले बताए ।