बसभित्र यात्रारत यात्रीको मृत्यु भएपछि बैतडीमा बसका चालक र सहचालक पक्राउ

बसभित्र यात्रारत यात्रीको मृत्यु भएपछि बैतडीमा बसका चालक र सहचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ असार २०८१
  • 9.2K
    Shares

बसको यात्रा

पोखरा, १४ असार २०८१/

बसभित्र यात्रारत यात्रीको मृत्यु भएपछी बैतडीमा बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

महेन्द्रनगरबाट बैतडीतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा सवार बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको उपचारका क्रममा अस्पतालमा मृत्यु भए पछी प्रहरीले अनुसन्धानका लागि भन्दै बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको उक्त बसमा अत्तरियामा चढेका थिए। जोशी पाटन आइपुग्दा बेहोश भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। तर उनलाई अस्पतालका चिकित्सकले अस्पताल पुर्याउनासथ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । जोशीको मृत्युको कारण भने खुलेको छैन।

बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार