गएराती स्याङ्जाको बायाँटारी नजिकै ईन्धन बोकेको ट्याङ्कर पल्टियो : चालकको उद्धार

गएराती स्याङ्जाको बायाँटारी नजिकै ईन्धन बोकेको ट्याङ्कर पल्टियो : चालकको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ असार २०८१
  • 57K
    Shares

पोखरा, १२ असार २०८१/

गएराती स्याङ्जामा ईन्धन बोकेको ट्याङ्कर पल्टिएको छ। बुटवलबाट स्याङ्जाको वालिङ तर्फ ईन्धन बोकेर आउदै गरेको लु १ क ५१२२ नम्बरको ट्याङ्कर गल्याङ नगरपालिका वडा न ८ को सिमाना गोलाउदी खोला नजिक सडकबाट तल पल्टिएको हो।

ट्यांकर सडकबाट तल उत्तानो परेको अवस्थामा भेटिएको छ भने चालकलाई बिहानपख दुर्घटनाग्रस्त ट्यांकरबाट बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ।

रातको समयमा चालक निदाएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार