पोखरा, १२ असार २०८१/
चितवनको मुग्लिननजिक माइक्रोबस ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
काठमाडौंबाट कावासोती आउँदै गरेको प्रदेश ३- ०१ – ००९४९५ नम्बरको माइक्रोबस चितवनको मुग्लिननजिक अर्को ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका हुन् ।
दुर्घटनाका घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।