नेपाल औषधि व्यवसायी संघ गण्डकीमा नयाँ नेतृत्व चयन, अध्यक्ष बने तिवारी

नेपाल औषधि व्यवसायी संघ गण्डकीमा नयाँ नेतृत्व चयन, अध्यक्ष बने तिवारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ असार २०८१
  • 2.9K
    Shares

नेपाल औषधि व्यवसायी संघ गण्डकीको नयाँ कार्यसमिति

पोखरा, ११ असार २०८१/

नयन नेतृत्व चयन गर्दै नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशन सोमबार पोखरामा सम्पन्न भएको छ। सचिव बाहेकका अन्य पदमा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको अध्यक्षमा केशरीप्रसाद तिवारी निर्वाचित भएका छन् ।

अध्यक्ष केशरीप्रसाद तिवारी, नेपाल औषधि व्यवसायी संघ गण्डकी
अध्यक्ष केशरीप्रसाद तिवारी, नेपाल औषधि व्यवसायी संघ गण्डकी

निवर्तमान महासचिव रहेका तिवारीको नेतृत्वमा गठित नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा दयानीधि पौडेल, उपाध्यक्षमा लक्ष्मीनारायण पराजुली (थोक), उपाध्यक्ष धनुदेवी पिया (खुद्रा) रहेका छन् । यसैगरी महासचिवमा सञ्जिव देवकोटा क्षेत्री, कोषाध्यक्षमा सुरेन्द्रकुमार अग्रवाल र उपकोषाध्यक्षमा यज्ञप्रसाद शर्मा निर्वाचित भएका छन। सचिब पदका लागि भएको चुनाबमा जीवन सापकोटालाइ पराजित गर्दै संगमबाबु श्रेष्ठ निर्वाचित भएका छन ।

नवनिर्वाचित समितिको सदस्यमा मिलन श्रेष्ठ (थोक), दुर्गाप्रसाद अधिकारी (थोक), कमला भण्डारी (खुद्रा), चन्द्रराज रेग्मी (खुद्रा), उर्मिला बस्नेत रानाभाट(महिला) रहेका छन । त्यस्तै सदस्यहरुमा नरहरि पनेरु, दीर्घनारायण मरासिनी, रामबहादुर बल्कोटी र गणेशमान श्रेष्ठ पनि निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार