डाक्टरको प्रेसक्रिप्सन बिना लागू औषध बेचेको आरोपमा पोखराबाट मेडिकल संचालिका पक्राउ

डाक्टरको प्रेसक्रिप्सन बिना लागू औषध बेचेको आरोपमा पोखराबाट मेडिकल संचालिका पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० असार २०८१
  • 22.5K
    Shares

पोखरा, १० असार २०८१/

पोखरा महानगरपालिका वडा नं.१४ खसिबजार स्थित रहेको साकुरा मेडिकल हलकी सन्चालिका शर्मिला सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

डाक्टरको प्रेसक्रिप्सन बिना लागू औषध बेचेको आरोपमा उक्त मेडिकलको संचालिका सुनारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

पोखरा १४ खसिबजार स्थित रहेको साकुरा मेडिकल हलबाट डाक्टरको प्रेप्किप्सन विना नियन्त्रित औषधी (लागू औषध) बिक्री बितरण गरिरहेको भन्ने सूचना पाएको प्रहरी टोलीले उक्त मेडिकलमा छापा मार्दा डाक्टरको प्रेसक्रिप्सन बिना लागू औषध बिक्री बितरण गरेको भेटिए पछि संचालिका सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उक्त मेडिकलबाट डाक्टरको प्रेसक्रिप्सन बिना बिक्रि वितरण गर्दै गरेको TAPENTADOL HYDROCHLORIDE क्याप्सुल ५० mg. लेखेको १०० चक्की र TAPENTADOL ट्याबलेट १०० mg. लेखेको ३७४ चक्की पनि बरामद भएको प्राप्त समाचारमा जानकारीमा उल्लेख छ।

अभियुक्त सुनारबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार