पोखराको चकटी रेष्टुरेण्टमा गाँजा बिक्री गरिरहेको अवस्थामा दुइ युवा समातिए

पोखराको चकटी रेष्टुरेण्टमा गाँजा बिक्री गरिरहेको अवस्थामा दुइ युवा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ असार २०८१
  • 4.4K
    Shares

पोखरा, ६ असार २०८१/

पोखराको चकटी रेष्टुरेण्टबाट गाँजासहित दुइ युवा समातिएका छन्। पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडस्थित चकटी रेष्टुरेण्टमा अबैध लागू औषध गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा दुई जना युवा समातिएका हुन्।

वाग्लुङको जैमिनी नगरपालिका वडा नं. ४ घर भएका वर्ष २० को संजोग क्षेत्री र पोखरा महानगरपालिका वडा न १७ बस्ने वर्ष १८ को कल्याण महर्जनलाई चकटी रेष्टुरेण्टमा अबैध लागू औषध गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जानकारी दिएको छ। उनीहरुको साथबाट लागू औषध गाँजा एक किलो पनि बरामद भएको प्राप्त जानाकारीमा ऊलेख छ।

उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्वन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार