पोखरा, ५ असार २०८१/
सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायलाई चिरपट प्रहार गर्दा मृत्यु भएको हो।
प्रहरीका अनुसार, खाना खाने समयमा खानाकै विषयमा विवाद शुरु भएको थियो । सामान्य बिबादका क्रममा झैं-झगडा हुँदा संजय सदाले गेनी सदायलाई चिरपट प्रहार गरेर गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा गेनी सदायको बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
सामान्य विवादबाट शुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना राति नै भएपनि प्रहरीले बिहान ५ बजेमात्र जानकारी पाएको थियो । जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागि गोलबजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।