बाघको आक्रमणबाट गोरखामा दुई जना घाइते

बाघको आक्रमणबाट गोरखामा दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ असार २०८१
  • 10K
    Shares

बाघको आक्रमणबाट घाइते

पोखरा, ५ असार २०८१/

गोरखामा बाघको आक्रमणबाट दुइ जना घाइते भएका छन् । पालुङटार नगरपालिका–७ च्याङलिङ गाईफर्मनजिकै बगरखेतमा बुधबार बिहान ५ बजे भट्टाफाँट बस्ने वर्ष ७६ का गनबहादुर कुमाल र सोही ठाउँका वर्ष ६३ का राजमान कुमाललाई बाघले आक्रमण गरी गम्भीर घाइते बनाएको पालुङटार नगरपालिका–७ का वडा अध्यक्ष अर्जुन कुमालले जानकारी दिए ।

६३ वर्षीय राजमान कुमाल मर्स्याङ्दी नदीमा माछा मार्न जाने क्रममा र ७६ वर्षीय गनबहादुर कुमाल बिहान घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरी घाइते बनाएर छोडेको अवस्थामा भेटिएको वडाध्यक्ष कुमालले जानकारी दिए।

घाइते भएका दुवै जनालाई घाँटी, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते राजमान कुमाललाई डुम्रे अस्पतालमा उपचारको लागि पठाइएको छ । अर्का गम्भीर घाइते गनबहादुर कुमाललाई भरतपुर अस्पताल पठाइएको वडा अध्यक्ष कुमालको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार