पोखरा, ५ असार २०८१/
सरकारले तामझामका साथ् उन्मुलन गरेको भनिएको छाउगोठमा एक किशोरी बलात्कृत भएकी छिन। छाउगोठमा बसेकी अछामकी एक किशोरी आफ्नै नातेदार किशोरबाट बलात्कृत भएकी हुन्।
प्रहरीका अनुसार, मंगलबार छाउगोठमा बेहोश अवस्थामा भेटिएकी ती १६ वर्षीया किशोरीलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचार गरेपछि होशमा आएकी ती किशोरीले आफूलाई आफूसंग एउटै बिद्यालयमा पढ्ने नातेदार समेत रहेका साथीले बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए।
उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले जानकारी दिए।