पोखरामा पुल बनाउन खनिएको खाल्डोमा नौ वर्षीय बालक मृत भेटिए

पोखरामा पुल बनाउन खनिएको खाल्डोमा नौ वर्षीय बालक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ असार २०८१
  • 157.9K
    Shares

पोखरा, २ असार २०८१/

पोखरामा पुल बनाउन खनिएको खाल्डोमा नौ वर्षको बालक आज बिहान मृत भेटिएका छन्।

पोखरा: पोखरा महानगरपालिकाको वडा नम्बर ३३ बरपौवाका नौवर्षीय गणेश बिक बालक स्थानीय सुरौदी खोलामाथि बनाउन खनिएको खाल्डोमा आज बिहान मृत भेटिएका हुन्।

शनिबार दिउसोदेखि बेपत्ता रहेका उनको चप्पल उक्त खाल्डोमा तैरिएको अवस्थामा देखिए पछि सशस्त्र प्रहरीको कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले सोही ठाउँमा खोजी गर्दा आज बिहान साढे ८ बजे खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईमा मृत अवस्थामा भेट्टाएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

ती बालक त्यस खाल्डोमा के कसरी पुगे भन्ने बारेमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

गत हप्तामा फुस्रे खोलामा डुबेर कुश्मा नगरपालिका पर्वतका २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार