पोखरा, २ असार २०८१/
सिरहामा ट्रकले मोटरसाइकललाई किच्दा दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकललाई किच्दा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले जनाकारी दिए ।
उक्त दुर्घटनापछि स्थानीयले दोषी ट्रकचालकमाथि कडा कारबाही र पिडित पक्षलाई उचित क्षतिपुर्तिको माग गर्दै स्थानीय कसहाचौकस्थित राजमार्ग केही बेर अवरुद्ध गरेका थिए । मृत्यु भएका दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रमेश पण्डितले जानकारी दिए ।