रूसी सेनामा कार्यरत लमजुङका युवाले नेपाल फर्काइदिन सरकारसंग हारगुहार गरिरहे, तर ………..

रूसी सेनामा कार्यरत लमजुङका युवाले नेपाल फर्काइदिन सरकारसंग हारगुहार गरिरहे, तर ………..


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 4.6K
    Shares

पोखरा, १ असार २०८१/

गत कात्तिकमा रुसी सेनामा गएका लमजुङका एक युवाले केही दिन अगाडिदेखि नेपाल सरकारलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गर्दै सन्देश प्रबाह गरिरहे।

बेसीशहर नगरपालिका–२ पाखाथोक घर भई सुन्दरबजार नगरपालिका–९ पैरे बस्दै आएका २० बर्षीय सन्देश थापाले बिना स्वीकृति रुस पुगेकोमा आफु नेपाल फर्किएर सजायं भोग्न तयार रहेको भन्दै नेपाल सरकारसंग हारगुहार गरिरहे। तर उनको हारगुहार कसले सुन्ने ?

रुसी सेनामै कार्यरत उनका साथीहरुले सन्देशको जेठ २२ गते मंगलबारको दिन मृत्यु भएको खबर उनकी आमा ४० बर्षीय सुभद्रा थापा खबर गरिदिएका छन्। सन्देशको बाबु आमा र एक भाइ रहेका छन्।

सन्देशको मृत्युको खबरले उनका परिवार मर्माहत भएका छन्। अहिले मृत्यु भएका सन्देशको नेपाली हिन्दु संस्कार अनुसार काजक्रिया भैरहेको उनका बुबा रामचन्द्र थापाले जानकारी दिए।

अभियन्ता कृतु भण्डारी “समयमै उनलाई नेपाल सरकारले उद्धार गर्न नसक्दा उनको मृत्यु भएको” गुनासो गर्छिन्।

संदेशसहित हालसम्म रुसी सेनामा कार्यरत ४४ नेपाली नागरिकको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार