चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो: १२ जना घाइते

चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो: १२ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 14.5K
    Shares

पोखरा, ३२ जेठ २०८१/

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस आज एकाबिहानै एकापसमा ठोक्किंएर दुर्घटना हुँदा १२ जना यात्री घाइते भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस एकापसमा ठोक्किंदा बस त्रिशुली किनारामा खसेको प्रहर्फीले जानकारी दिएको छ ।

आज बिहान करिब सात बजे भएको उक्त दुर्घटनामा बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको उपचारका लागि भरतपुर ल्याइएको छ ।

उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको जनाइएको छ । यद्यपि, बाँकी विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार