पाेखरामा नक्कली सुनको माला दिएर रकम ठगी बस चढेर बुटवलतिर भाग्दै गरेका दुई भारतीय पक्राउ

पाेखरामा नक्कली सुनको माला दिएर रकम ठगी बस चढेर बुटवलतिर भाग्दै गरेका दुई भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 9K
    Shares

नक्कली सुन दिएर रकम ठगी गरेको आरोप लागेका दुई भारतीय

पोखरा, ३२ जेठ २०८१/

सुनको माला भन्दै नक्कली सुन दिएर रकम ठगी गरेको आरोपमा पोखराबाट दुई जना भारतीय पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा ८ सृजनाचोकमा प्लास्टिक पसल सञ्चालन गर्ने ५२ वर्षीय व्यापारीलाई सुनको माला भनी नक्कली सुनको माला दिएर रकम ठगी गरेर बस चढी भाग्दै गर्दा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको हो।

रकम ठगेर पोखरादेखि बुटवलतर्फ जाँदै गरेको हाइस बस चढेर भाग्दै गरेका भारतको उत्तर प्रदेश घर भएकी ७१ वर्षीया प्रभा देवी र सोही स्थानकै ४२ वर्षीय रामनारायण सुलेङीलाई प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले पकराउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई छोरेपाटन बरकोबोटमा उक्त हाइस बसलाई रोकी चेकजाँच गर्ने क्रममा नगद रु तीन लाख ९० हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार