कावासोतीमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर तीन महिला मजदुरको मृत्यु

कावासोतीमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर तीन महिला मजदुरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 70.5K
    Shares

कावासोतीमा नालीमा पुरिएका दुई मजदुरको खोजी गरिंदै

पोखरा, ३२ जेठ २०८१/

नवलपुरको कावासोतीमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ।

कावासोती नगरपालिका वडा नम्बर २ स्थित फलफूल बजार नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा बिहिबार साँझ सात बजेको समयमा माथिबाट माटोको ढिस्को खस्न गइ पुरिएर  तीन जना महिला मजदुरको मृत्यु भएको हो ।

उक्त घटनामा कावासोती ५ लक्ष्मीनगर बस्ने ५१ वर्षकी रिता सोती, ३२ बर्षीया चमेली दर्लामी र २६ वर्षकी तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी वेद बहादुर पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको उत्तरतर्फ पूर्वी भागमा नगरपालिकाले पानी निकासका लागि नाला निर्माण गर्न खाल्डो खन्दै गर्दा बिहिबार साँझ ७ बजे माटोको ढिस्को खसेर उनीहरु पुरिएका थिए।   पुरिएका मध्ये सोती र गाहालाई अचेत अवस्थामा उद्धार गरि उपचारार्थ  मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएकोमा अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो भने दर्लामीलाई करीब दुई घण्टा पछि मृत अवस्थामा नालीबाट बाहिर निकालिएको थियो।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार