गएराती बुटवलमा कार दुर्घटना : नुवाकोट घुमेर फर्किएका तीन जनाको मृत्यु, दुई घाइते

गएराती बुटवलमा कार दुर्घटना : नुवाकोट घुमेर फर्किएका तीन जनाको मृत्यु, दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 10.1K
    Shares

पोखरा, ३१ जेठ २०८१/

पाल्पाको नुवाकोट घुम्न गएकाहरु सवार कार गएराती बुटवलमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार राति ९ बजे सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका–१० का कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छबिलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा डाक्टरहरुले मृत घोषणा गरेका इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।

सोही दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार