मुस्ताङमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते पोखरास्थित काहुँका युवाको मृत्यु

मुस्ताङमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते पोखरास्थित काहुँका युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० जेष्ठ २०८१
  • 8.4K
    Shares

मोटरसाईकल दुर्घटना

पोखरा, ३० जेठ २०८१/

हिमालपारीको जिल्ला मुस्ताङमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जना मोटरसाइकल चालकको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।

बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—३ कालोपानी हुदै लेतेतर्फ जाँदै गरेको ग १५ प नम्बरको मोटरसाईकल मंगलबार दिउँसो लेतेमा दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाँडाका १८ वर्षीय शुभम बरालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

चार दिन अघि मुस्ताङ घुम्न गएका बरालले मोटरसाइकलको सन्तुलन गुमाउँन पुग्दा मोटरसाईकल सडकको बाँयातर्फ नालीमा पल्टिन पुग्दा गम्भीर घाइते भएका जिल्ला प्रहरी मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा घाईते भएका उनलाई तत्काल लेते प्राथमिक स्वास्थ्य चौकीमा पू¥याएको भएपनि थप उपचारका लागि फिस्टेल एअरको हेलिकप्टरमार्फत मणिपाल अस्पताल पू¥याईएकोमा उनको आज दिउँसो उपचारका क्रममा मृत्यु भएको डिएसपी पाण्डेयले बताए ।

घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार