पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते

पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० जेष्ठ २०८१
  • 8K
    Shares

पोखरा, ३० जेठ २०८१/

संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बर्दिया घर भएका अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुर गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

प्रहरी निरिक्षक लामिछानेका अनुसार अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो ।

कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार