पोखरा, २८ जेठ २०८१/
दाङमा श्रीमानले तरकारी पकाउने कराईले हिर्काउदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। गढवा गाउँपालिका-२ पचैया बस्ने २६ वर्षीय रंजित चौधरीले बिहीबार बेलुकी कराईले हान्दा गम्भीर घाइते भएकी उनकी २११ वर्षीया श्रीमती कमला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
घरायसी विवादको क्रममा रंजितले बिहीबार बेलुकी कराईले हान्दा गम्भीर घाइते भएकी कमलाको सिसहनिया प्रास्ताबित स्वास्थ्य चौकी हुँदै क्रिसमन अस्पताल बुटवलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
कमला चौधरीको उपचार पछि मृत्यु भए पछी उनका श्रीमान रंजित चौधरीलाई प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।