पोखरा, २७ जेठ २०८१/
नेपाली सेनामा सजिलै भर्ती गराईदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा पोखराबाट एक जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ बस्ने वर्ष २७ का घर्मराज थापालाई प्रहरीले नेपाली सेनामा सजिलै भर्ती गराईदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा शनिबार पक्राउ गरेको हो।
अभियुक्त थापाले आफुलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक रहेको दाबी गर्दै “नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु” भनेर बाग्लुङ घर भएका १९ वर्षिय एक युवकलाई पटक पटक गरेर एक लाख ७० हजार रुपियाँ रकम ठगी गरेको प्रहरीले अभियोग लगाएको छ। अभियुक्त थापालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ५ पर्स्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अभियुक्त ह्तापा बिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ
(एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ ।