पोखरा, २७ जेठ २०८१/
पोखराको फुर्सेखोलामा पौडी खेल्न गएका पर्वतका एक युवाको मृत्यु भएको छ। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय बिश्वास सुवेदीको पौडी खेल्ने क्रममा पोखराको फुर्सेखोलामा मृत्यु भएको हो।
सुबेदी पौडी खेल्ने क्रममा फुर्से खोलामा बेपत्ता खबर पाए पछि सशस्त्र प्रहरी बल नेपाल नं. २४
कालिका गण मुख्यालयको विशेष खोज, उद्वार एबम गोताखोर टोलीले सुबेदीलाई फुस्रे खोलाको २५ फिट गहिराईमा अड्किएर बसेको अवस्थामा शनिबार पौने सात बजे मृत अवस्थामा भेटिएको सशस्त्र प्रहरीको कालिका गणले जानकारी दिएको छ।
फुर्सेखोलाबाट मृत भेटिएका सुबेदीको शबलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको जानकारी कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले दिएका छन।