पोखरा, २६ जेठ २०८१/
दुई हप्ता अघि मात्र सम्बन्ध बिच्छेद गरेकी पूर्वपत्नी एकाबिहानै परपुरुषसंगै देखेपछि नेपाली सेनाका एक जवानले दुवै जनालाई खुकुरीले छप्काएका छन्।
२०८१ जेठ १० गते सल्यान जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएकी पूर्वपत्नी ३१ वर्षीय टिका रावतको तुलसीपुर–६ राप्ती टोलमा डेराकोठामा पुग्दा उनीसंगै परपुरुषसंगै देखिए पछि नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले दुवै जनालाई खुकुरीले छप्काएका हुन्।
खुकुरीबाट गम्भीर घाइते भएकी टिकाको राप्ति प्रादेशिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको छ भने बुढाथोकीले हानेको खुकुरी लागेर घाइते भएका अछामको कमल बजार नगरपालिका वडा नं. ४ घर भै हाल १९ नम्बर बाहिनी अड्डा तुलसीपुरमा सिपाही पदमा कार्यरत २९ वर्षका आर्यन थापाको अवस्था खतरामुक्त अवस्थामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारत घाइते सेनाका जवान थापा भने खतरा मुक्त भएको अस्पतालले बताएको छ । घाइते भएका नेपाली सेनाका जवान थापा कोठामा कसरी आए । उनि दुबै बिचको नाता के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–६ पोखडाडाँ स्थायी घर भएका सैन्य अमलदार बर्ष ३६ का सालिक राम बुढाथोकी नेकपा माओवादीले गरेको १० वर्षीय जनयुद्धका कार्यकर्ता भएको र तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेना भएको बुझिएको । सेना समायोजनसंगै उनी नेपाली सेनामा प्रवेश गरेका थिए । नेपाली सेनाकोे ज्वालादल गण बारामा अमलदार पदमा कार्यरत सालिकराम बुढाथोकी एक वर्ष शान्ति सेनामा तैनाथ भएर गएको जेठ ६ गते घर फर्किएका थिए ।
शालिकराम बुढाथोकी सम्बन्ध बिच्छेद गर्न चाहदैनथे। तर श्रीमती टिका जसै गरी सम्बन्ध बिच्छेद गर्ने भन्दै अडान लिए पछि २०८१ जेठ १० गते सल्यान जिल्ला अदालतबाट उनीहरुको सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध बिच्चेद्का क्रममा भएको सहमति अनुसार, बुढाथोकीले श्रीमती टीकालाई सात वर्षीय छोराको पढाई-लेखाई, कोठाभाडा, खानासहित विविध खर्चका लागि साढे तीन लाख रुपैयाँ पनि दिएका थिए। ।

पारिवारिक श्रोतालाई उल्लेख गर्दै प्राप्त समाचार अनुसार, श्रीमान श्रीमतीको खटपट् भएपछि सम्बन्ध बिच्छेद नगर्न भन्दै टिकालाई हरेक प्रकारले बुढाथोकीले सम्झाइ बुझाई गरेर फकाए । अँह केहि लागेन । त्यसपछि सल्यानमा रहेका भिनाजु नेत्रबहादुर बस्नेतलाई श्रीमान श्रीमती बिचको सम्बन्धका विषयमा रुदै फोन गरेर सम्झाइदिन भने । त्यसमा पनि कसैको जोड चलेन । ‘सल्यानको खलङ्गामा भेट हुँदा छोराको मुख हेरेर दुबैजना बस । किन सम्बन्ध विच्छेद गर्छाै ।
सालाको गल्ती भए माफी माग्छन् । भनेर धेरै सम्झायौं मानिनन् । विष किनेर राखेकी छु । सम्बन्ध विच्छेद गर्न नमानेपछि छोरालाई पनि मार्छु म पनि विष खाएर मर्छु भन्न थालिन् त्यसपछि हाम्रो केही लागेन । आज यस्तो दुखद घटना सुन्नु प¥यो ।’ भिनाजु नेत्रबहादुर बस्नेतले तुलसीपुर खबरलाई टेलिफोनमा भन्नुभयो । मृतकको शवलाई राप्ती अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । माइती पक्ष आएर किटानी जाहेरी दिएपछि पोष्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिने प्रहरीले बताएको छ । श्रीमान र श्रीमतीबाट एक मात्र छोरा ७ वर्षका मिलन बुढाथोकी आमासंगै बस्दै आएका थिए ।
(यसभन्दा अघिको समाचारमा आफ्नै पत्नी भनिएकोमा सच्याइएको छ – सम्पादक)