पोखरा, २४ जेठ २०८१/
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरिक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीबिरुद्ध अदालतमा बाल करणीसम्बन्धी मुद्दा दर्ता भएको छ। बुधबार साँझ नागार्जुन नगरपालिकाबाट काठमाण्डौको प्रहरी वृत्त, स्वयम्भुको टोलीले १२ वर्षीया किशोरीलाई पटक-पटक वलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक शिवाकोटीविरुद्ध काठमाण्डौ जुल्ला अदालतमा जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको हो ।
पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएपछि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट शिवाकोटीलाई पांच दिन हिरासतमा राख्न अनुमति पाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, धबार साँझ काठमाडौं महानगरपालिकाको बाल उद्दार समिति सदस्य प्रविन सिलवाललाई बालिकाले सम्पर्क गरेर उद्दार गर्न अनुरोध गरेकी थिइन् । महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीको घरमा घरेलु श्रमिकको रुपमा राखेको खुलेको थियो । त्यहीबेला बालिकाले महानगरका अधिकारीहरुको सम्पर्क नम्बर लिएकी थिइन् ।
बालिकाले सम्पर्क गरेपछि काठमाडौं महानगरपलिकाको टोली, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी वृत्त स्वयम्भु समेतको टोली पुगेर उद्दार गरेको थियो ।
बिगत छ वर्षदेखि आफ्नै घरमा कामगर्दै आएकी तराइ मुलकी ती १२ वर्षीया बालिकाले आफूलाई प्रहरी निरिक्षक शिवाकोटीले तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको प्रहरीसमक्ष बयान दिएकी छिन।
४५ वर्षीय शिवाकोटीले आफूलाई अन्तिम पटक २०८१ साल जेठ १६ गते जबर्जस्ती करणी गरेका पिडित बालिकाले बताएकी छिन।
प्रहरीले बिहीबारै बालिकाको थापाथलीस्थित प्रसुतिगृहमा स्वास्थ्य परीक्षण गराएको छ भने उनलाई ‘सेफ हाउस’मा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।